२०८३ भाद्र ९ गते , मंगलबार

अर्जुनधारामा तीन वटा मोटरसाइकलसहित अवैध भारतीय माछा बरामद

sajilo news
झापा
२०८० फाल्गुन ३० गते , बुधबार
अर्जुनधारामा तीन वटा मोटरसाइकलसहित अवैध भारतीय माछा बरामद

सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पले ठुलो परिमाणमा प्रतिबन्धित भारतीय माछा बरामद गरेको छ । अर्जुनधारा- ६ स्थित बिहानी टोलमा तीन वटा मोटरसाइकलमा भित्र्याइएको ५ सय केजी प्रतिबन्धित माछा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।

बरामद भएका माछाहरूमा पमप्लेट रुपचन, पङ्गास र रहु प्रजातिका रहेका छन् । को ९ प १६०८, मे ३ प ९७६१ र मे ४ प ९६४२ नम्बरको मोटरसाइकलमा भित्र्याइएको सडेगलेका माछा बरामद गरिएको बेस क्याम्प प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अवैधरुपमा भित्र्याउँदै गर्दा सशस्त्र प्रहरीलाई देखेर मोटरसाइकल छाडी चालकहरू फरार भएका थिए । बरामद मोटरसाइकल मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको छ भने बरामद गरिएको माछा बेस क्याम्प परिसरमा नष्ट गरिएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, खाद्य क्वारेनटाइन काँकडभिट्टाका प्रमुख मुकेशकुमार सिंहलगायतको रोहवरमा खाल्डोमा पुरेर माछा नष्ट गरिएको हो ।

सम्बन्धित समाचार