२०८३ भाद्र ९ गते , मंगलबार
भद्रपुर नगरपालिकाद्वारा कारागारका ५० कैदीबन्दीलाई खाद्यान्न सहयोग
भद्रपुर । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर भद्रपुर नगरपालिकाले ५० जना कैदीबन्दीलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
कारागारभित्र जेल जीवन बिताइरहेका मुस्लिम समुदायका ५० जनालाई रोजा खोल्न भद्रपुर नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा गएको टोलीले कारागारमा खाद्यान्न सामग्री वितरण गरेको हो । व्रत (रोजा) अवधिभरलाई पुग्ने गरी दिइएको खाद्यान्न वितरण कार्यक्रममा उप–प्रमुख राधा कार्कीलगायत मुस्लिम समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।