२०८३ भाद्र १० गते , बुधबार
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
खोटाङको हलेसी तुवाचुङ नगरपालिका- १० स्थित अर्खौलेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बिहान १० बजे मध्य पहाडी लोकमार्गको खार्पाबाट कटारीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख २४०२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको स ९ प १२१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ- ६ का २० वर्षीय टंकल राईको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा संलग्न ठक्कर दिने टिपर र टिपर चालक कटारी नगरपालिका- ३ उदयपुरका ४३ वर्षीय पदम कुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।