२०८३ बैशाख २४ गते , विहीबार

होटेलमा ब्राउन सुगरको धन्दा, होटेल सञ्चालकसहित दुईजना पक्राउ

sajilo news
झापा
२०८० फाल्गुन २० गते , आईतबार
होटेलमा ब्राउन सुगरको धन्दा, होटेल सञ्चालकसहित दुईजना पक्राउ

झापाका होटेलमा लागूऔषध ब्राउन सुगर बिक्री गर्ने होटेल सञ्चालकसहित दुईजना पक्राउ परेका छन् । कमल गाउँपालिकाबाट प्रहरीले ब्राउन सुगरसहित दुईजना कारोबारीलाई पक्राउ गरेको हो । उनीहरूका साथबाट ३८ ग्राम ब्राउन सुगर फेला परेको छ ।

हिजो साँझ ७।३० बजेको समयमा कमल ३ स्थित कृष्टिना होटेलमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले छापा मारेको थियो । शंका लागेर होटेलमा रहेका होटेल साहु सोही ठाउँ बस्ने ३५ वर्षीय सरोज थापा र शिवसताक्षी ६ बस्ने ३० वर्षीय विष्णु खड्काको शरीर चेकजाँच गर्दा सरोज थापाको शरीरबाट प्लास्टिकको पोकाभित्र ३८ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

दुवै जनालाई लागू औषधसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

सम्बन्धित समाचार