२०८३ भाद्र १० गते , बुधबार

झापामा बुलेट मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, बालिका घाइते

sajilo news
झापा
२०८० फाल्गुन २० गते , आईतबार
झापामा बुलेट मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, बालिका घाइते

झापा । झापामा बुलेट मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको छ । शनिबार साँझ ७ बजेको समयमा मेचीनगर नगरपालिका-५ घोडाधिन स्थित भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट  नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्बरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदल यात्रीहरू सोही ठाउँ का ५५ वर्षीया देविमाया बिक, नवीन बिकको छोरी ६ वर्षीया निशा बि।क।लाई  ठक्कर दिएको थियो । घाइते दुवै जनालाई  उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो ।

उपचारको क्रममा देवीमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । अर्का घाइते  निशाको नाकमा चोट लागेकोले उपचार भइरहेको छ । यता मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ । चालक फरार रहेकोले खोजी कार्य भइरहेको छ ।

सम्बन्धित समाचार