२०८३ बैशाख २१ गते , सोमबार

मेचीनगरमा फागुन २९ गतेदेखि 'नगर ओलम्पिक' हुने

sajilo news
झापा
२०८० फाल्गुन १८ गते , शुक्रबार
मेचीनगरमा फागुन २९ गतेदेखि 'नगर ओलम्पिक' हुने

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा खेलकुदको महाकुम्भ “मेचीनगर नगर ओलम्पिक“ हुने भएको छ । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा फागुन २९ गतेदेखि विभिन्न विधामा नगरस्तरीय खेलकुद प्रतियोगिता हुन लागेको हो ।

मेचीनगरमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको नगर ओलम्पिकमा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, बक्सिङ र एथलेटिक्सका खेलहरू हुने मेचीनगर वरिष्ठ प्रशासकीय अधिकृत तथा नगर खेलकुद विकास समिति सदस्य सचिव अनन्तप्रकाश बस्तीले जानकारी दिए ।
उनका अनुसार महिला र पुरुष दुवैतर्फ फुटबल, भलिबल , क्रिकेट, कवाडी , चेस–बुद्धिचाल (खुला), कराते (३० केजी. ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी), बक्सिङ (३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी) र तेक्वान्दो (३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी) तौल समूहमा हुने छ ।

त्यस्तै महिला र पुरुष दुवैतर्फ एथलेटिक्स तर्फ हाइजम्प, लंगजम्प, सटपुट, ज्याभलिन, रिले १००८४ (पुरुष – ४), रिले १००८४ (मिक्स २ महिला – २ पुरुष), १०० मि. (महिला/पुरुष), २०० मि. (महिला/पुरुष), ४०० मि. (महिला/पुरुष), ८०० मि. (महिला/पुरुष) र ३००० मि. (महिला/पुरुष) ले प्रतियोगितामा सहभागी हुनेछन् ।

मेचीनगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझाले फागुन २३ गतेसम्ममा नगरका पन्ध्र वटै वडाबाट खेलाडीहरू छनोट सम्पन्न गरी नगरपालिका बुझाइ सक्नुपर्ने बताए । उनका अनुसार वडाबाट कराते, तेक्वान्दो, बक्सिङ खेलका लागि प्रत्येक तौल समूहबाट १ जना महिला र १ जना पुरुष छनौट गरिने छ । त्यस्तै फुटबल, क्रिकेट, भलिबल, कबड्डी खेलको पनि महिला र पुरुष दुवै टिम छनोट गरिने उनले बताए ।

प्रतियोगितामा सहभागी विजेता टिम तथा खेलाडीहरूलाई नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिने मेचीनगर खेलकुद विकास समिति संयोजक हृदय राजवंशीले जानकारी दिए । 

सम्बन्धित समाचार