२०८३ बैशाख २४ गते , विहीबार

झापामा तीन फरार प्रतिवादी पक्राउ

sajilo news
झापा
२०८० फाल्गुन १४ गते , सोमबार
झापामा तीन फरार प्रतिवादी पक्राउ

झापामा विभिन्न मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोली र मातहत कार्यालयबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापा गाउँपालिका- १ बस्ने ५६ वर्षीय हेमरम सतार, मेचीनगर नगरपालिका- ७ बस्ने २५ वर्षीय राज किसान र कनकाई नगरपालिका- ६ बस्ने ३४ वर्षीय दिनेश खवास रहेका छन् । सतारमाथि  २०७९ चैत १९ गते चोरी मुद्दामा १ वर्ष कैद र पीडित राहत कोषमा २ सय रुपैयाँ जम्मगर्नुपर्ने फैसला भएको थियो  । सो फैसलालगत्तै उनी फरार रहेका थिए । त्यस्तै किसानमाथि २०८० जेठ ९ गते चोरी मुद्दामा ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । सो फैसला लगत्तै उनी फरार रहेका थिए । 

यता खवासमाथि २०७८ साल चैत ०६ गते बालयौन दुरुपयोग मुद्दामा ३ महिना कैद, ५ हजार जरिवाना र प्रतिवादीले पीडितलाई १० हजार क्षतिपूर्ति भराई दिनुपर्ने र पीडित राहत कोषमा ४०० रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भएको थियो । सो फैसलालगत्तै फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका तीनै जनालाई  फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापामा उपस्थित गराई अदाललतको आदेशबमोजिम कैद भूक्तानका लागि कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार