२०८३ असार १० गते , बुधबार

मेचीनगरमा कुकुर बन्ध्याकरण अभियान

sajilo news
झापा
२०८० फाल्गुन १३ गते , आईतबार
मेचीनगरमा कुकुर बन्ध्याकरण अभियान

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरेको छ ।  सामुदायिक कुकुरहरू नियन्त्रणका लागी नगरपालिकाले नि:शुल्क बन्ध्याकरण अभियान सञ्चालन गरेको हो ।

नगर क्षेत्रमा रहेका सामुदायिक कुकुर नियन्त्रण गर्नका लागि नगरपालिकाले अभियान मार्फत कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । 

उनका अनुसार बन्ध्याकरण कार्यक्रम धुलाबारी माध्यमिक विद्यालयको परिसरमा बिहान ७ बजे देखि बेलुकी ४ बजे सम्म सञ्चालन हुनेछ ।

 नगरपालिकाको आयोजना तथा धुलाबारी माध्यमिक विद्यालयको प्राविधिक सहयोगमा सञ्चालित यो अभियान फागुन १४ गतेसम्म जारी रहने छ । 

सम्बन्धित समाचार