२०८१ जेष्ठ १३ गते , आईतबार

पेन्टीभित्र ब्राउन सुगर भित्राउन खोज्ने दुई युवक मेची पुलबाट पक्राउ

sajilo news
झापा
२०८० फाल्गुन १३ गते , आईतबार
पेन्टीभित्र ब्राउन सुगर भित्राउन खोज्ने दुई युवक मेची पुलबाट पक्राउ

मेचीनगर । पेन्टीभित्र लुकाएर ब्राउन सुगर भित्राउन खोज्ने दुई जना मेची पुलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय थाम बहादुर बि.क.र सोही ठाउँका २४ वर्षीय अर्जुन बि.क रहेका छन् ।

हिजो साँझ ६ बजेको समयमा मेचीनगर-६ स्थित मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका थामबहादुर बि.क.लाई शङ्का लागेर तलासी लिँदा पेन्टीभित्र अगाडीको भागमा च्यापी लुकाई छिपाई राखेको ८ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

उक्त लागू औषध ल्याउने कार्यमा अर्जुन बि.क. समेत संलग्न देखिएपछि दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार