२०८३ असार १० गते , बुधबार

डीआइजी खापुङद्वारा प्रनानि राजेन्द्र चौहान सम्मानित

sajilo news
सुनसरी
२०८० फाल्गुन १३ गते , आईतबार
डीआइजी खापुङद्वारा प्रनानि राजेन्द्र चौहान सम्मानित

सुनसरीस्थित इलाका प्रहरी कार्यालय हरिनगरका प्रहरी नायव निरीक्षक राजेन्द्र चौहान सम्मानित भएका छन् । इलाका प्रहरी कार्यालय हरिनगरको नेतृत्व सम्हालेको चार महिनामा समुदायसँगको साझेदारीमा भगवतीको मन्दिर निर्माण गर्न सफल भएको भन्दै कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले सम्मान गरेका हुन् ।

प्रहरीको श्रम तथा दाताहरूको सहयोगमा निर्माण भएको भगवती मन्दिरको उद्घाटन गर्दै डिआइजी खापुङले प्रहरी नायव निरीक्षक चौहानलाई सम्मान गरेका हुन् । नेपाल प्रहरी समुदायका हरेक नागरिकसँग हातेमालो गर्दै समाजमा सकारात्मक काममा अघि बढ्ने भएकाले मन्दिर निर्माणमा स्थानीयले गरेको सहयोगको डिआइजी खापुङले प्रशंसा गरेका थिए ।

अपराध नियन्त्रण गर्दै समाजमा सकारात्मक काम गर्ने प्रहरीको मनोबल उच्च राख्न पनि यस्ता सम्मान आवश्यक भएको भन्दै उनले चार महिनामा नै सबैसँगको सहकार्यमा मन्दिर निर्माण गर्न सफल भएकाले प्रहरी नायव निरीक्षक चौहानलाई सम्मान गरेको उल्लेख गरे ।

अपराध अनुसन्धानमा अब्बल रहेका चौहानले समुदायसँगको साझेदारीमा गरेको कामको मूल्याङ्कन प्रदेश प्रहरीबाट भएको भन्दै खुसी व्यक्त गरे । उनले आगामी दिनमा अझ धेरै जिम्मेवारी थपिएको उल्लेख गरे ।

सम्बन्धित समाचार