महिला सदस्य पदका उम्मेदवार निशाले भनिन्-'व्यावसायिक क्षेत्रमा लगाइएको कर छुटमा पहल गर्छु'
बिर्तामोड । आर्थिक मन्दीबाट थलिएको व्यावसायिक क्षेत्रमाथि लगाइएको अनावश्यक कर छुट गर्नुपर्ने बिर्तामोड उद्योग वाणिज्य संघको महिला सदस्य पदमा उम्मेदवार निशा शाह गुप्ताले बताएकी छन् । कर छुटका विषयमा आफूले पहल गर्न र व्यवसायीका समस्याको उचित सम्बोधनका साथ काम गर्ने उद्देश्यीयसहित आफूले महिला सदस्य पदमा उम्मेदवारी दिएको बताइन् । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी फागुन १४ गते निर्वाचन हुँदैछ ।
राज्यको सबै मापदण्ड पुरा गरेर व्यवसाय गरिरहेका व्यवसायीमाथि स्थानीय सरकारसहित सम्बन्धित कार्यालयले अनावश्यक रुपमा कर लिने गरेको प्रति उनको आपत्ति छ । राज्यले भने बमोजिम सबै प्रक्रिया पुरा गरेर व्यवसाय सञ्चालन गरिरहेमाथि सुरक्षा, प्रोत्साहन तथा हौसला प्रदान गरिनु पर्ने ठाउँमा राज्यले उपेक्षा गर्दा धेरै व्यवसायी व्यापारबाट पलायन हुने स्थितिमा पुगेको उनी बत्ताउँछिन्।
आर्थिक मेरुदण्डको रुपमा रहेका व्यवसायीलाई सरकारले सुविधा दिन सक्नु पर्ने उनको भनाई छ । राज्यले आर्थिक संकटका कारण समस्यामा परेका व्यवसायीलाई पलायन हुन बाट रोक्नु पर्ने गुप्ता बत्ताउँछिन् ।
उनी भन्छिन्, व्यवसायी पलायन भए त्यसमा आबद्ध लाखौँ कामदारहरू बेरोजगार हुने हुँदा राज्यले पलायनको स्थित आउन नदिन व्यापारीलाई संरक्षण गर्नु पर्छ । व्यवसाय गर्ने वातावरण सृजना गर्न र संघको प्रतिनिधित्व गरी राज्यका निकायसँग समन्वय गर्दै व्यवसायीको हितमा अगाडि बढ्ने उद्देश्य सहित सदस्य पदका लागि निर्वाचनमा होमिएको गुप्ता बत्ताउँछिन् ।
उत्कृष्ट र सबल नेतृत्व खोजी भइरहेको संघको निर्वाचनमा सदस्य पदमा आफूलाई मतदाताले छनोट गर्नेमा उनी ढुक्क छिन् । व्यवसायीको साझा छाता संस्था वाणिज्य संघलाई सबैको अपनत्व हुने संस्थाको रुपमा विकास गर्न आवश्यक रहेको उनको भनाई छ । लोकतान्त्रिक व्यावसायिक प्यानलबाट उम्मेदवार बनेकी गुप्ताले संघबाट राजनीति भन्दा पर बसेर विशुद्ध व्यवसायीक क्षेत्रमा काम गरिनु पर्ने बत्ताउँछिन् ।
संघमा उम्मेदवार बनेका १९ जना पदाधिकारी सबैले एउटा एउटा मात्र एजेन्डा लिएर संघको प्रतिनिधित्व गरे धेरै सुधार हुने तर्क राख्छिन् । गुप्ता विगत १५ वर्षदेखि व्यवसायीक क्षेत्रमा आबद्ध छिन् । हाल उनी बिर्तामोड स्थित निशा एडभान्स अल्ट्रासाउन्ड एन्ड डाइग्नोस्टिक क्लिनिकको सञ्चालक हुन् ।
को हुन निशा ?
२०४१ साल असार १० गते बुबा भरत शाह र आमा देवमुनि देवी शाहको कान्छी छोरीको रुपमा जनकपुरमा जन्मिएकी निशाको परिवार सबै व्यवसायी हुन् । उनी सानै देखि आफ्नो बुबाको व्यवसायमा सहयोगीको रुपमा काम गर्थिन । जसका कारण उनले व्यवसाय के हो , कसरी गरिन्छ भन्ने विवाह अघि नै बुझ्ने मौका पाइन । उनले लामो समय सम्म बुबा तथा दाइलाई व्यवसायमा सहयोग गर्दै गइन् । जसका कारण आज पनि उनी व्यवसायमा आबद्ध छिन् ।
उनले एमबिएस सम्मको शिक्षा हासिल गरेकी छन् । उनीसँग मेडिकल क्षेत्रमा लामो समय सम्म गरेको अनुभव समेत छ । करिब १५ वर्ष अघि डा. सञ्जय कुमार गुप्तासँग विवाह बन्धनमा बाँधिएपछि उनी पूर्व आइन् । त्यस पश्चात् उनले आफ्नो श्रीमानसँगै मेडिकल क्षेत्रमा काम गरिन । हाल उनले बिर्तामोड स्थित निशा एडभान्स अल्ट्रासाउन्ड एन्ड डाइग्नोस्टिक क्लिनिक सञ्चालन गरिरहेकी छन् ।
गुप्ताका श्रीमान् डा। सञ्जयकुमार गुप्ता वरिष्ठ अनुभवी रोडियो लोजिष्ट हुन् । उनले निशालाई व्यवसायीक क्षेत्रमा अगाडि बढ्न साथ , सहयोग सँगै हौसला प्रदान गरे । जसका कारण पनि गुप्ता हाल वाणिज्य संघको चुनावमा उम्मेदवार बनेकी हुन् ।
सहयोगी, मिलनसार र हँसिलो स्वभाव भएकी निशा व्यवसायीहरूमाझ लोकप्रिय छिन् । उनी सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशील छिन् । उनी श्री छठ महिला मञ्चको वरिष्ठ उपाध्यक्ष तथा नेपाल कलवार सेवा समिति झापाको सदस्य समेत हुन् । साथै अन्य विभिन्न संघ संस्थामा पनि उनी आबद्ध छिन् ।
बिर्तामोडको व्यवसायीक क्षेत्रलाई लामो समयदेखि बुझेका उम्मेदवार लोकतान्त्रिक व्यावसायिक प्यानलमा भएकाले राजु न्यौपानेको नेतृत्वमा रहेको सबै उम्मेदवारलाई विजयी गराउन व्यवसायी मतदातालाई अपिलसमेत उनले गरेकी छन् ।