२०८३ असार १० गते , बुधबार
समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा दाहाल
नेकपा एकीकृत समाजवादी निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठन नेपाल झापाको अध्यक्षमा शम्भुजित दाहाल सर्वसम्मत चयन भएका छन् ।
झापाको बिर्तामोडमा सम्पन्न भेलाबाट दाहालको नेतृत्वमा नयाँ नेतृत्व सहित समिति चयन भएको हो । जिल्ला भेलाले संगठनको उपाध्यक्षमा रिता दाहाल र गोविन्द लुवागुन, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र रन्जिता खड्का चयन भएका छन् भने कोषाध्यक्षमा दीपिका लोहार चयन भएकी छिन् । त्यस्तै सदस्यहरूमा डम्बर विश्वकर्मा, सुवन न्यौपाने, कमल कटुवाल र जयकुमार राई चयन भएका छन् ।