२०८३ असार १० गते , बुधबार

भद्रपुरकी प्रतिभाशाली स्रष्टा पाण्डेलाई ‘नइ पुरस्कार’

sajilo news
झापा
२०८० फाल्गुन १२ गते , शनिबार
भद्रपुरकी प्रतिभाशाली स्रष्टा पाण्डेलाई ‘नइ पुरस्कार’

झापा । झापाली प्रतिभाशाली स्रष्टा रिमा पाण्डेलाई ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनले राजधानीबाहिर बसेर नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि योगदान पुर्‍याएबापत भद्रपुर नगरपालिका- ८ निवासी रिमा पाण्डे ‘मिनी’ लाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको हो ।

नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँका अनुसार पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । पाण्डे झापाका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजीकी पत्नी हुन् । उनी लामो समय स्वास्थ्य सेवा गरेर निवृत्त भइसकेकी छन् । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

सम्बन्धित समाचार