२०८१ माघ २ गते , बुधबार

विवादका कारण अन्तरपालिका कर्मचारी फुटबलको फाइनल खेल स्थगित

sajilo news
झापा
२०८० फाल्गुन १२ गते , शनिबार
विवादका कारण अन्तरपालिका कर्मचारी फुटबलको फाइनल खेल स्थगित

शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ । गौरीगञ्ज गाउँपालिकाले खेल मैदानमा धर्नाका कारण फाइनल खेल स्थगित भएको हो ।

बुधबार भएको सेमी फाइनल खेलमा कमल गाउँपालिकालाई हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो ।
कमल गाउँपालिकाले गैर कर्मचारी खेलमा समावेश गराएको भन्दै गौरीगञ्ज गाउँपालिकालाई प्रोटेस्ट हालेको थियो । गौरीगञ्ज गाउँपालिकाले खेलमा समावेश गरेको खेलाडी कर्मचारीको मापदण्ड भित्र नपरेको प्रमाणित भएपछि कमल गाउँपालिकालाई आयोजक समितिले विजयी घोषणा गरेको हो ।

शुक्रवार हुने फाइनल खेलको समय अवधि अगावै गौरीगञ्ज गाउँपालिकाका कर्मचारीहरूले कमललाई खेलमा समावेश गराए खेल खेल्न नदिने भन्दै स्टेजमा धर्ना दिए । गौरीगञ्जका कर्मचारीहरू आयोजकमाथि जाइलाग्न खोज्दा उनीहरूलाई प्रहरीले स्टेजबाट बाहिर ल्याएका थिए ।

गौरीगञ्जले आयोजकको निर्णय नमान्ने भन्दै आयोजक माथि अभद्र व्यवहार गरेको आयोजक समितिका खेल संयोजक प्रकाश चौधरीले बताए । गौरीगञ्ज गाउँपालिका दिएको प्रमाणका आधारमा मासिक तलबी कर्मचारी नभएको पुष्टि भएपछि कमलले लगाएको प्रोटेस्ट सदर गरेको संयोजक चौधरीले बताए । उनले भने, फागुन ७ गते भएको क्वाटर फाइनल खेलमा गौरीगञ्जले बाह्रदशी गाउँपालिकालाई प्रोटेक्ट हालेको थियो । प्रोटेक्ट परेपछि ब्रादशीले खेल खेल्न नआउँदा गौरीगञ्जले सेमी फाइनल खेल्न पाएको हो ।

बिहीबार नै कमल गाउँपालिकाले हालेको प्रोटेस्ट सदर भएको गौरीगञ्ज गाउँपालिकालाई जानकारी गराएको आयोजक समितिले जनाएको छ ।कमलले लिखित रूपमै निवेदन दिएपछि बिहीबार बसेको आयोजक समितिले कमल गाउँपालिकाको प्रेटेक्ट सदर गरेको हो । गौरीगञ्ज गाउँपालिले खेलमा समावेश गरिएको खेलाडी नियमसंगत भएको पुष्टि गर्न नसेकेपछि कमललाई फाइनलका लागि बोलाइएको खेल आयोजक समितिका संयोजक प्रकाश चौधरीले बताए ।

खेल सञ्चालन गर्न पटक पटकको आयोजकको अनुरोध गौरीगञ्जले नमानेपछि आजको फाइनल खेल अर्को सूचना आउनुन्जेल स्थगित गरिएको आयोजकले जनाएको छ ।गौरीगञ्जका कर्मचारीहरूको कमल गाउँपालिकालाई खेलमा समावेश नगराए मात्रै आफुहरुले छोड्ने भन्दै आयोजकको विरुद्ध नाराबाजी समेत गरे । सेमी फाइनल खेल हुनुअघि कमल र गौरीगञ्ज गाउँपालिकाका कर्मचारीहरूले प्रोटेस्ट नहाल्ने भन्दै मौखिक सहमति गरेको र पछि कमलले प्रोटेस्ट हालेको भन्दै गौरीगञ्जले आपत्ति जनाएको छ । यता, कमल गाउँपालिकाले गौरीगञ्जले खेलमा समावेश गराएका खेलाडीहरू सरोज साउदेन, निरबहादुर प्रधान र विशाल श्रेष्ठ पूर्णकालीन कर्मचारी नभएको दाबी गरेको छ ।

सम्बन्धित समाचार