२०८१ बैशाख ७ गते , शुक्रबार

प्रसुती गृहबाट बच्चा चोरी

sajilo news
काठमाडौं
२०८० फाल्गुन ११ गते , शुक्रबार
प्रसुती गृहबाट बच्चा चोरी

थापाथलीस्थित परोपकार स्त्री तथा प्रसुती रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार बच्चा गायब भएको भन्दै प्रहरीमा उजुरी परेको छ। बच्चा खोजीका लागी प्रहरी टोली खटिइसकेको उनले बताए। 

प्रहरीका अनुसार काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको भन्दै उजुरी दिएकी छन्। अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले बच्चा लिएकी थिइन्। 

बच्चा लिएको केहीबेरमै ती महिला फरार भएकी थिइन्। शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको र अहिलेसम्म नभेटिएको प्रहरीले बताएको छ। प्रवक्ता अधिकारी भन्छन्, 'अस्पतालको सीसीटिभीलगायतका अन्य शंकास्पद सबै ठाँउमा प्रहरी टोली खटिइसकेको छ।

सम्बन्धित समाचार