२०८१ बैशाख ७ गते , शुक्रबार

९ वटा हात्तीले झापाको कचनकवलमा दुई वटा घर भत्कायो

sajilo news
झापा
२०८० फाल्गुन ११ गते , शुक्रबार
९ वटा हात्तीले झापाको कचनकवलमा दुई वटा घर भत्कायो

झापा । दक्षिणी झापाको कचनकवलमा जंगली हात्तीले फेरि दुईवटा घर भत्काएको छ । चारकोशे जलथल जंगलबाट निस्किएका ९ वटा हात्तीले आज बिहान ३ बजे कचनकवल गाउँपालिका–१ स्थित कुटीमा दुई वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीले कचनकवल- १ कुटीका मानसिंह राजवंशीको जस्ताले छाएको एक तले घरको टाटी बेरा भत्काई पूर्ण रुपमा क्षति पुर्‍याएको छ । साथै घर भित्र राखिएको धान ६ मन, चामल २५ केजी गरी कुल ८६ हजार ६०० रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै सोही ठाउँका हिरामनि हरिजन (माझी) को जस्ताले छाएको काठ र टिनको टाटी बेरा लगाएको घर भत्काई पूर्ण रुपमा क्षति पुर्‍याएको छ । उनको घरमा राखेको धान ४ मन, चामल २ मन समेत हात्तीले खाँदा कुल ३६ हजार बराबरको क्षति भएको छ । जलथल जंगलबाट निस्किने हात्तीले सो क्षेत्रमा दिनहुँ जसो क्षति पुर्‍याउँदा स्थानीय त्रसित बनेका छन् । 

सम्बन्धित समाचार