२०८१ बैशाख ७ गते , शुक्रबार

मोरङमा लहरी गाडी पल्टिएर दुर्घटना, एकै परिवारका दुईसहित ३ जनाको मृत्यु

sajilo news
मोरङ
२०८० फाल्गुन ११ गते , शुक्रबार
मोरङमा लहरी गाडी पल्टिएर दुर्घटना, एकै परिवारका दुईसहित ३ जनाको मृत्यु

मोरङमा लहरी गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनजनाको मृत्यु भएको छ ।  बूढीगंगा गाउँपालिका( ४ प्रगती टोलमा आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका- ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवास रहेका छन्।

ज्योतीका छोरा र छोरी जुम्ल्याहा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आज बिहान ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो । उक्त लहरी नहरनजिकको किराना पसलमा पल्टिएको प्रहरीले जनाएको छ ।

पल्टिएको लहरीले थिचेर तीन जना बालाबलिकाको घटनास्थलमा मृत्यु भएको हो । त्यस्तै लहरीले च्यापिएको अवस्थामा रहेका ज्योतिको भने उद्दार कार्य जारी छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार अहिले घटनास्थलबाट ढुङ्गा पन्छाएर क्रेनको सहयोगमा शव निकाल्ने प्रयास भइरहेको छ।

सम्बन्धित समाचार