२०८१ माघ २५ गते , शुक्रबार

उड्डयन प्राधिकरणमा ९८ जना कर्मचारीको लागि जागिर खुल्यो

sajilo news
झापा
२०८० फाल्गुन ११ गते , शुक्रबार
उड्डयन प्राधिकरणमा ९८ जना कर्मचारीको लागि जागिर खुल्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो मात्रामा कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रबार प्रकाशित गरेको सूचनामा ९८ जना कर्मचारी मागेको हो। प्राधिकरणले  उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका ९८ जना पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।

प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १र१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागेको हो। त्यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा आवेदन खुलाएको हो।

 प्राधिकरणले एभिएशन फायर सर्भिसेसतर्फ १७ जना प्राविधिक सहायक मागेको छ। इच्छुक तथा योग्य नेपाली नागरिकहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

सम्बन्धित समाचार