२०८१ फाल्गुन ४ गते , आईतबार

दमकबाट १०२ ग्राम ब्राउन सुगर बरामद, चार जना पक्राउ

sajilo news
झापा
२०८० फाल्गुन ११ गते , शुक्रबार
दमकबाट १०२ ग्राम ब्राउन सुगर बरामद, चार जना पक्राउ

झापा । झापामा एकैदिन लागुऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । दमक र बिर्तामोडबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बिहीबार दिउँसो साढे ४ बजे दमक नगरपालिका- ६ स्थित पश्चिम जेसीस चोकबाट पशुहाट बजारतर्फ पैदल जाँदै गरेका गौरीगञ्ज- ३ रिमाल टोलका १९ वर्षीय गगन ऋषिदेवलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले बोकेको कालो झोलाभित्र सेतो प्लास्टिकमा सिल गरेको अवस्थामा पानीले भिजेको १०२ ग्राम २६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

प्रारम्भिक सोधपुछका ब्राउन सुगरको कारोबार सोही ठाउँका २७ वर्षीय रविन पासवान समेत संलग्न रहेको खुलेको थियो । त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा दमक- ६ थाना लाइनको चिया पसलमा बसिरहेको अवस्थामा पासवानलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । 

त्यस्तै बिहीबार साँझ ५ः१५ बजे बिर्तामोड नगरपालिका- ४ आदर्श पार्टी प्यालेस अगाडी शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका बिर्तामोड नगरपालिका- ५ घर बताउने अन्दाजी १९ वर्षीय निराज मण्डल र बिर्तामोड- ६ घर बताउने अन्दाजी १९ वर्षीय राहुल चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ४ ग्राम ब्राउन सुगर फेला पारेको थियो । 

सम्बन्धित समाचार