२०८१ फाल्गुन ४ गते , आईतबार

इलामको रोङमा बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु

sajilo news
इलाम
२०८० फाल्गुन १० गते , विहीबार
इलामको रोङमा बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु

इलामको रोङ गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । किसानलाई बाँदर लगायतका जङ्गली जनावरले हैरान बनाएपछि वैकल्पिक खेतीका रूपमा गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिकाले गत वर्ष स्थानीयको चिया उत्पादक सहकारीलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको थियो । उक्त बेसार चिया उत्पादक सहकारीले ४५ जना किसानलाई खेती गर्न वितरण गरेको थियो । उक्त बिउँबाट चार हजार तीन सय ५० किलोग्राम बिउँ उत्पादन भएको छ ।

किसानले उत्पादन गरेको बिउँ ४० रुपियाँ प्रति किलोका दरले सहकारीले खरिद गरेको छ । सहकारीले किसानबाट खरिद गरेको बेसारको बिउँ किसानलाई वितरण गर्ने योजना रहेको सहकारीले जनाएको छ । गाउँपालिकाले ६ वटै वडालाई उत्पादनमा जोडेर प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार