२०८१ बैशाख ७ गते , शुक्रबार

बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ

sajilo news
झापा
२०८० फाल्गुन ९ गते , बुधबार
बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ

झापाको बिर्तामोडमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड- ५ का अन्दाजी २० वर्षीय राज राजवंशी रहेका छन् । बुधबार दिउँसो १ः४५ बजेको समयमा बिर्तामोड नगरपालिका- ५ भद्रपुर रोडमा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा राजवंशीलाई खानतलासी गर्दा उनले लगाएको पेन्टको दाहिने गोजीमा खुकुरी चुरोटको खोलभित्र १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार