२०८१ बैशाख ७ गते , शुक्रबार

मेची पुलबाट ब्राउन सुगरसहित एक जना पक्राउ

sajilo news
झापा
२०८० फाल्गुन ८ गते , मंगलबार
मेची पुलबाट ब्राउन सुगरसहित एक जना पक्राउ

मेचीनगर । काँकडभिट्टाको  मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका- ६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ साढे ६ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको बा २७ प ३८७२ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका- ५ घैलाडुब्बाका २८ वर्षीय मनिष राईलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले उनलाई शङ्का लागी चेकजाँच गर्दा ३ ग्राम ब्राउन सुगर फेला पारेको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ । 

सम्बन्धित समाचार