२०८३ असार १० गते , बुधबार

झापामा घुर ताप्नेक्रममा जलेर एक महिलाको मृत्यु

sajilo news
झापा
२०८० फाल्गुन ९ गते , बुधबार
झापामा घुर ताप्नेक्रममा जलेर एक महिलाको मृत्यु

झापामा घुर ताप्नेक्रममा जलेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गत माघ २८ गते घुर ताप्नेक्रममा एकल महिला बाह्रदशी गाउँपालिका- ५ की ५६ वर्षीया कमला राजवंशी जलेर घाइते भएकी थिइन् ।

कम्मरमुनि जलेर घाइते भएकी कमलालाई उपचारका लागि बिर्तामोडको सञ्जीवनी हस्पिटलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मंगलबार दिउँसो उनको मृत्यु भएको बाह्रदशी ५ का वडाध्यक्ष वीरबहादुर राजवंशीले बताए । 

उनले विपन्न अवस्थाकी ती महिलालाई आर्थिक सहयोग गरेर अस्पतालमा उपचार गरिए पनि बचाउन नसकिएको जानकारी दिए । सामान्य व्यापार गर्दै आएकी ती महिला एक्लै बस्दै आएकी थिइन् ।

 

सम्बन्धित समाचार