मेचीनगरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया
मेचीनगर । मेचीनगरका जनप्रतिनिधिसँग सुरक्षित वैदेशिक रोजगारीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार मेचीनगरको सभाहलमा सुरक्षित आप्रवासन (सामी) ले आयोजना गरेको कार्यक्रममा नगरका जनप्रतिनिधिहरूसँग सुरक्षित वैदेशिक रोजगारीका लागि अन्तरक्रिया गरेको थियो ।
मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगरका पन्ध्र वटै वडाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । सुरक्षित आप्रवासन कार्यक्रम सामीका संयोजक रोहित विश्वकर्माले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा लाभग्राही सहभागीको तर्फबाट मीना बराल, अम्बिका भण्डारीले आफ्नो भनाई राखेका थिए । त्यस्तै सहभागी जनप्रतिनिधिको तर्फबाट मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, मेचीनगर २ का वडाध्यक्ष दीपक बराललगायतले भनाई राखेका थिए ।
वैदेशिक रोजगारीमा रहेको सदस्यको परिवारलाई सामीले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सामीले विदेशमा रहेका परिवारका सदस्यहरू जटिल प्रकृतिका प्राणघातक रोग लागेमा ५० हजारसम्म सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक हृदय राजवंशीको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन सामीका रोजगार परामर्शकर्ता फडिन्द्रप्रसाद दाहालले गरेका थिए ।