२०८३ असार १० गते , बुधबार
झापामा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते
झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । मेचीनगर नगरपालिका- १२ स्थित पाथीभरा टोलका ४-५ जना महिलाहरू मंगलबार दिउँसो साढे १२ बजे घर नजिकैको कालिका सामुदायिक बनमा दाउरा खोज्न गएका थिए । दाउरा खोज्दै हिँडेकामध्ये ३१ बर्षीया चन्द्र कुमारी आङदाम्बेलाई जंगली हात्तीले आक्रमण गरेका थिए ।
एउटा जंगली हात्तीको आक्रमणबाट उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । वनमा घटना भए लगतै प्रहरी चौकी चारआली र इलाका प्रहरी कार्यालय धुलाबारीको टोली घटनास्थल पुगेका थिए ।