२०८३ असार १० गते , बुधबार

हल्दिबारीमा दुर्घटना : घाइते मोटरसाइकल चालक राजवंशीको मृत्यु

sajilo news
झापा
२०८० फाल्गुन ७ गते , सोमबार
हल्दिबारीमा दुर्घटना : घाइते मोटरसाइकल चालक राजवंशीको मृत्यु

हल्दिबारी । झापाको हल्दिबारीमा ट्याक्टरको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचारको क्रममा आज मृत्यु भएको छ । भद्रपुर– हल्दिबारी सडक खण्ड अन्त्रगत हल्दिबारी गाउँपालिका- २ स्थित रामलाल चौकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त ५०४६ नम्बरको ट्याक्टरले विपरीत दिशातर्फ आउँदै गरेको ना १७ प १०३४ नम्बरको मोटरसाइकललाई शनिवार मध्यान्ह १२ बजेको समयमा ठक्कर दिएको थियो । 

मोटरसाइकल चालक सोही ठाउँका ४२ वर्षीय दिनेश राजवंशी गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर लगिएकोमा थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो ।

उनको उपचारका क्रममा आज दिउँसो साढे बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना पश्चात् ट्याक्टर नम्बर खुलेको थिएन । चालक  ट्याक्टर लिएर फरार भएका थिए । प्रहरीले खोजी गर्ने क्रममा शनिबार साँझ भद्रपुर नगरपालिका- २ का २३ वर्षीय सविन जोगीसहित ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

 

सम्बन्धित समाचार