२०८१ फाल्गुन ४ गते , आईतबार

शौचालयमा लुकेर महिलाको अश्लील भिडिओ खिचेको आरोपमा डीएसपी पक्राउ

sajilo news
झापा
२०८० फाल्गुन ७ गते , सोमबार
शौचालयमा लुकेर महिलाको अश्लील भिडिओ खिचेको आरोपमा डीएसपी पक्राउ

सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी) पक्राउ परेका छन्। स्वयम्भू वृत्तले सशस्त्र प्रहरीका डिएसपी तुलसिंह केसीलाई शनिबार बेलुका पक्राउ गरेको हो।

स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेट (शौचालय)मा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ। केसीलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐनअनुसार आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको एक अधिकृतले बताए।

केसी पोखरास्थित ४ नम्बर बाहिनीमा कार्यरत रहेको बुझिएको छ। ‘महिलाले जाहेरी दिएपछि केसीलाई अनुसन्धान सिलसिलामा पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले भने। 

सम्बन्धित समाचार