२०८३ असार १० गते , बुधबार
ओली दम्पतीले गरे ज्येष्ठ नागरिकलाई सम्मान
बिर्तामोड । झापाको बिर्तामोड–३ का ओली दम्पतीले २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । बिर्तामोड–३ हेभन पार्क छेउका नरेन्द्र ओली र इन्दिरा ओलीले आइतबार ज्येष्ठ आमाबुवालाई सम्मान गरेका हुन् ।
लालीगुराँस रिसोर्ट सञ्चालक समेत रहेका ओली दम्पतीले एकाहा पुराणको अवसर पारेर स्व. माता-पिताको सम्झनामा ज्येष्ठ नागरिकलाई दोसल्ला र टोपीसहित माला लगाएर सम्मान गरेका थिए ।
यसअघि पनि उनीहरूले ४ सय २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिसकेको नरेन्द्रले बताए । उनका अनुसार विगत १८/१९ वर्षदेखि वृद्धवृद्धा आमाबुबाहरूलाई सम्मान गरिरहेका छन् । पृथ्वीमा रहेसम्म ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिने ओली दम्पतीले जानकारी दिए ।