२०८३ असार १० गते , बुधबार

आदिवासी राजवंशी विकास प्रतिष्ठानको पदस्थापन कार्यक्रममा सम्पन्न

sajilo news
झापा
२०८० फाल्गुन ६ गते , आईतबार
आदिवासी राजवंशी विकास प्रतिष्ठानको पदस्थापन कार्यक्रममा सम्पन्न

भद्रपुर । भद्रपुर- ६ स्थित आदिवासी राजवंशी भाषिक, सांस्कृतिक विकास प्रतिष्ठानको पदस्थापन कार्यक्रममा शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानको सचिवालयमा नवनिर्वाचित पदाधिकारीहरूलाई पदस्थापन गर्दै आगामी तीन वर्षीय कार्यकालका लागि जिम्मेवारी प्रदान गरिएको छ । प्रतिष्ठानको अध्यक्षमा समन सिंह राजवंशी, उपाध्यक्षमा नन्दलाल राजवंशी, सचिवमा विवेक राजवंशी,  र कोषाध्यक्षमा मोहन राजवंशी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा सञ्जीवकुमार राजवंशी, लालबहादुर राजवंशी, रतिया राजवंशी, विजयकुमार राजवंशी, हंशधर राजवंशी, सुधीर राजवंशी र अञ्जना राजवंशी रहेका छन् । नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक रविनकुमार राजवंशीले पदभार ग्रहण गराएका थिए ।

राजवंशी समाज विकास समितिका संस्थापक फूलसिंह राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आदिवासी राजवंशी भाषिक, सांस्कृतिक विकास प्रतिष्ठान संस्थापक अध्यक्ष तुलाराम सिंह राजवंशीले मन्तव्य राखेका थिए । संस्थाका नवनिर्वाचित उपाध्यक्ष नन्दलाल राजवंशीले धन्यवाद मन्तव्य राखेकोका कार्यक्रमको सञ्चालन निर्वाचन समितिका विगम श्रेष्ठले गरेका थिए । 

सम्बन्धित समाचार