२०८३ असार १० गते , बुधबार

झापाका नेत्र सहायक संगठित, अध्यक्षमा युवराज 

sajilo news
झापा
२०८० फाल्गुन ६ गते , आईतबार
झापाका नेत्र सहायक संगठित, अध्यक्षमा युवराज 

झापा । नेत्र सहायक झापाको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् ।  मेची आँखा अस्पतालका नेत्र सहायक पदमा कार्यरत उनी सो अस्पतालको स्वास्थ्य शिक्षा अधिकृत हुन् । हिमाल आँखा अस्पताल पोखरामा अध्ययन गरेका युवराज हाल भारतको मेघालयस्थित माहात्म गान्धी युनिभर्सिटीबाट पीएचडी गर्दैछन् । उनले आँखा स्वस्वास्थ्य सम्बन्धी अध्ययन गरिरहेका छन् । 

झापामा रहेका विभिन्न आँखा अस्पतालहरूमा कार्यरत नेत्र सहायकहरूको भेलाले दाहालको नेतृत्वमा जिल्ला कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा किशोर रिजाल, सचिव अशोक तिवासी र  कोषाध्यक्षमा मञ्जु अर्याल चयन भएका हुन् । 

त्यस्तै सदस्यहरूमा योगेन्द्र राउत, होम धिताल, निशा सङ्ग्रौला, रोमा फियाक,क्रिस्टिना सुब्बा, नीरज दाहाल र  सरूँ थापा चयन भएका हुन् ।  यता सल्लाहकार समितिको संयोजकमा मनोज उपाध्याय चयन भएका छन् ।  भेलामा मेची आँखा अस्पताल सहित बिर्तामोड आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, बिर्ता आई केयर, मेची नेत्रालय, दिब्यज्योति आँखा अस्पताल, काँकडभिट्टा आई केयर, बिर्ता ज्योति आई केयरका नेत्र सहायकहरू सहभागी थिए । 

मेम लाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रम कृष्ण प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो ।  कविता कार्की कडरियाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि भण्डारी सहित  विनोद दाहाल, भवानी पाठक, मनोज उपाध्याय  लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सम्बन्धित समाचार