२०८३ असार १० गते , बुधबार

इलाममा नागरिकताका लागि झुटो विवरण दिनेलाई ५० हजार जरिवाना

sajilo news
रासस
२०८० फाल्गुन ५ गते , शनिबार
इलाममा नागरिकताका लागि झुटो विवरण दिनेलाई ५० हजार जरिवाना

इलाम । नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ । इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिका–५ का ५० वर्षीय भुवनसिंह गजमेर र २२ वर्षीय चेतन गजमेरलाई बिहीबार यस्तो फैसला सुनाएको अदालतले जनाएको छ ।

भुवनसिंहले भतिजो चेतनलाई ‘आफ्नै छोरो हो’ भन्दै झुटो विवरण दिइ नागरिकता बनाउन प्रयास गरेका थिए ।  जन्मदर्ताका आधारमा चेतन भुवनसिंहको छोरो हो भनी सनाखत गर्ने स्थानीय लीला विश्वकर्मा, शिरबहादुर कामी, कुमारी तामाङ, ललिता विश्वकर्मा र चन्द्रबहादुर घलेले भने अदालतबाट सफाइ पाएका छन् ।

सम्बन्धित समाचार