२०८३ असार १० गते , बुधबार

फागुन ७ गतेदेखि कोरियाली भाषा परीक्षा शुरु

sajilo news
झापा
२०८० फाल्गुन ४ गते , शुक्रबार
फागुन ७ गतेदेखि कोरियाली भाषा परीक्षा शुरु

ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ। परीक्षा भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा परीक्षा हुनेछ।

परीक्षा एक दिनमा ५ सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा १ हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन्। 

उनले भनिन्, ‘‘शनिवार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियाली भाषा परीक्षा दिन सक्नेछन्।” परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेशन फिंगर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ। परीक्षाका दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुनेछ।

परीक्षा समयभन्दा एक घण्टाअगाडि परीक्षा हलमा ‘ओरिएन्टेशन’ शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले बताइन्।परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ।

परीक्षामा अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिनेछ।सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएको जनाइएको छ।

सम्बन्धित समाचार