२०८३ असार १० गते , बुधबार

अमेरिका लैजाने भन्दै नेपालमा बन्धक बनाइएका ११ जना भारतीयको उद्धार

sajilo news
रासस
२०८० फाल्गुन ४ गते , शुक्रबार
अमेरिका लैजाने भन्दै नेपालमा बन्धक बनाइएका ११ जना भारतीयको उद्धार

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ ।

परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

उनले भने, “हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक गरिने छ ।”

सम्बन्धित समाचार