२०८३ बैशाख २४ गते , विहीबार

विमानस्थलबाट झण्डै १ करोडको विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ

sajilo news
काठमाडौं
२०८० फाल्गुन ३ गते , विहीबार
विमानस्थलबाट झण्डै १ करोडको विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ परेका छन्। फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका पाकिस्तानी नागरिक ३१ वर्षीय येसीन अहमद र ४८ वर्षीय  मोहम्मद अदनान लखानीलाई डेनमार्कको ५ लाख रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त विदेशी रकम ९५ लाख ४३ हजार नेपाली रुपैयाँभन्दा बढी हुन्छ।

अन्तर्राष्ट्रिय उडान तर्फको आगमन गेटमा शंका लागि चेकजाँच गर्द उनीहरुको साथमा रकम भेटिएको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी  बृत्त गौशलामा राखिएको छ। 

सम्बन्धित समाचार