२०८१ बैशाख ७ गते , शुक्रबार

पीएसजीले जित निकाल्दा बायर्न लाजियोसँग स्तब्ध

sajilo news
काठमाडौं
२०८० फाल्गुन ३ गते , विहीबार
पीएसजीले जित निकाल्दा बायर्न लाजियोसँग स्तब्ध

युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पीएसजी र लाजियोले आ–आफ्नो घरमा जित निकालेका छन्।  केयलिन एमबापेले गोलको खाता खोलेपछि पीएसजीले रियल सोसिडाडलाई २–० ले हरायो। फ्रान्सेली च्याम्पियनका लागि ब्राडली बारकोलाले दोस्रो गोल थपे।

अर्को खेलमा लाजियोले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई १–० ले हरायो। बायर्न खेलको अन्त्यमा १० खेलाडीमा सीमित रहेको थियो। उपामेकानोलाई रातो कार्ड देखाइएको हो।

पछिल्लो पाँच दिनमा बायर्नको यो दोस्रो हार हो। यसअघि बुंडेसलिगामा उसलाई बायर लेभरकुजनले ३–० ले हराएको थियो। ​ लाजियोको जितमा भने किरो इमोबाइलले पेनाल्टीबाट ६९ औं मिनेटमा निर्णायक गोल गरे। 

सम्बन्धित समाचार