२०८१ बैशाख २१ गते , शुक्रबार

विद्यालयमा सरस्वती मन्दिर बनाउँदै समाजसेवी दुर्गा 

sajilo news
झापा
२०८० फाल्गुन २ गते , बुधबार
विद्यालयमा सरस्वती मन्दिर बनाउँदै समाजसेवी दुर्गा 

दमक । झापाको दमक-५  स्थित दिपिनी आधारभूत विद्यालयमा समाजसेवी दुर्गा काफ्लेले सरस्वतीको मन्दिर बनाइ हस्तान्तरण गरेकी छिन ।

श्री पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर विद्यालयको हाताभित्र समाजसेवी काफलेले स्वर्गीय पति मुकुन्द खनालको स्मृतिमा रु ५ लाख ५५ हजार खर्चिएर सरस्वती माताको मन्दिर निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेकी हुन ।

समाजसेवी काफ्लेले आफ्ना दिगम्बतहरुको स्मृतिमा विभिन्न समयमा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा पुस्तक बोक्ने झोला वितरण जस्ता कार्यक्रम गरेर सामाजिक छेत्रमा गरिब, दुखी अशक्तहरुलाई निरन्तर सहयोग गर्दै आएकी छन् ।

काफ्लेले यसभन्दा अघि दमककै आफू अध्यापन गराउने विद्यालय पाणिनी माविमा पनि सरस्वती मन्दिर बनाइदिएर विद्यालयलाई हस्तान्तरण गरेकी थिइन । दमक- ९ निवासी समाजसेवी काफ्ले लामो समयसम्म शिक्षा क्षेत्रमा कार्यरत रहेर हाल निवृत्त जीवनमा रहेर समाज सेवामा निरन्तर सहयोग गर्दै आएकी छन्  ।

सम्बन्धित समाचार