२०८१ भाद्र २४ गते , सोमबार
नेपाल-भारत मैत्री संघ झापाद्वारा भारतको गलगलियामा आँखा शिविर
भद्रपुर । नेपाल-भारत मैत्री संघ झापाले भारत, विहार राज्यको गलगलियामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। मैत्री संघले मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा गलगलियाको ठाकुरगन्ज बस स्टेण्डको सामुदायिक भवनमा आँखा शिविर सम्पन्न गरेको हो ।
भारत-नेपाल मैत्री संघ गलगलिया शाखाको सहकार्यमा भएको आँखा शिविरमा ४५० जनाको आँखा परीक्षण गरिएको थियो । आँखा रोगीलाई निःशुल्क औषधि वितरण गरिनुका साथै आवश्यक हुनेलाई न्यून मूल्यमा रिडिङ ग्लास ‘चस्मा’ उपलब्ध गराइएको आयोजक संघका अध्यक्ष प्रदीप मणि रेग्मीले जानकारी दिए ।
शिविरमा ९० जनामा मोतिया विन्दु पाइएकोले तिनीहरूको भद्रपुर आँखा उपचार केन्द्रमा आजै निःशुल्क शल्यक्रिया गर्ने प्रबन्ध मिलाइएको कविता कार्कीले जानकारी दिइन् ।