२०८३ बैशाख ३१ गते , विहीबार

झापा गाउँपालिकाको मकैबारीमा एक युवक मृत फेला

sajilo news
झापा
२०८० माघ २९ गते , सोमबार
झापा गाउँपालिकाको मकैबारीमा एक युवक मृत फेला

झापा । झापा गाउँपालिकामा एक युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार दिउँसो २ः४५ बजेको समयमा झापा गाउँपालिका- ६ स्थित दुर्गा चौकमा सोही गाउँपालिकाको मिलन चौक बस्ने अन्दाजी ३० वर्षीय रोहितबहादुर कटुवाल मृत फेला परेका हुन् ।

स्थानीय हरिबहादुर बानियाको मकैवारिमा पानी लगाउन गएको सोही ठाउँमा कटुवाल मृत अवस्थामा फेला परेपछि त्यहाँका वडा अध्यक्षले प्रहरी चौकी शरणामतिमा जानकारी गराएका थिए ।

मृतक कटुवाल पहिलादेखि नै मृगी रोगको बिरामी रहेको र औषधि सेवनसमेत गरिरहेको आफन्तले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

सम्बन्धित समाचार