२०८३ बैशाख ३१ गते , विहीबार

दुबईमा झापाका एक व्यक्तिको मृत्यु

sajilo news
झापा
२०८० माघ २८ गते , आईतबार
दुबईमा झापाका एक व्यक्तिको मृत्यु

झापा । वैदेशिक रोजगारीका लागि दुबई गएका झापाका एक व्यक्तिको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका- ११ का ४७ वर्षीय प्रदीप राईको मृत्यु भएको हो । 

शनिबार साँझ खाना खाएर सुतेका राईको नेपाली समय अनुसार राति १० बजे मृत्यु भएको उनका आफन्त सन्तकुमार राईले बताए । मृतक राईको शव नेपाल ल्याउने पहल भइरहेको छ । राईका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

सम्बन्धित समाचार