२०८३ बैशाख ३१ गते , विहीबार

झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

sajilo news
झापा
२०८० माघ २६ गते , शुक्रबार
झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

झापाको कमलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राति  ८ः३० बजेको समयमा कमल गाउँपालिका - ४ स्थित एकता चौकमा चुलाचलीमोडबाट दक्षिण ट्याङ्गे पुलतर्फ जाँदै गरेको को १ प १८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किन गई भएको सवारी दुर्घटनामा चालक सोही ठाउँ बस्ने ४८ वर्षीय सुरेश राईको मृत्यु भएको हो ।

टाउको र दाहिने गालामा चोट लागेर उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पु¥याउनासाथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार