२०८३ बैशाख २४ गते , विहीबार

झापामा चाेरी मुद्दाका फरार राजवंशी पक्राउ

sajilo news
झापा
२०८० माघ २४ गते , बुधबार
झापामा चाेरी मुद्दाका फरार राजवंशी पक्राउ

झापामा चोरी मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दिवारी गाउँपालिका-२ बस्ने २२ वर्षीय काले भन्ने महेश राजवंशी रहेका छन् । झापा जिल्ला अदालतको गत भदौ २५ गतेको फैसला अनुसार चोरी मुद्दामा राजवंशीलाई ३ महिना कैद र ७ हजार जरिवाना रुपैयाँ तोकिएको थियो ।

फरार रहेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार