२०८३ बैशाख ३१ गते , विहीबार

कालिकापीठमा सात दिवसीय योग शिविर शुरु

sajilo news
झापा
२०८० माघ २२ गते , सोमबार
कालिकापीठमा सात दिवसीय योग शिविर शुरु

अर्जुनधारा । झापाको अर्जुनधारा–९ स्थित कालिकापीठ कालीस्थानमा सात दिवसीय योग शिविर सुरु भएको छ । पतञ्जलि योग समिति अर्जुनधाराको संयोजन, कालिका बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना एवं कालिकापीठ कालीस्थानको व्यवस्थापनमा सात दिने योग शिविर सुरु भएको हो ।

आयोजक संस्थाका अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षता एवं वडा नं–१० का वडाध्यक्ष भूपेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा कालिकापीठका प्राचार्य आ. रघुनाथ रिजाल, पतञ्जलि योग  समिति झापाका सदस्य देवीका सिग्देल, इन्दु पूर्वेली, पतञ्जलि योग समिति अर्जुनधाराका अध्यक्ष दधिराम मिश्र, उपाध्यक्ष टंककुमार बस्नेत, महामन्त्री केदारनाथ ढुङ्गेल, सदस्यहरू गोविन्द पोखरेल, तिला न्यौपाने, १० नं वडा संयोजक गोपी सिग्देल लगायतको आतिथ्य रहेको थियो ।

योग शिविरको समुद्घाटन गर्दै प्रमुख अतिथि एवं अतिथिहरूले नियमित योग साधनाले निरोगी हुने बताउँदै योग सिकेपछि निरन्तर साधना गर्न आग्रह गरेका थिए ।

दधिराम मिश्रले योग अभ्यासको प्रशिक्षण दिएको कार्यक्रममा स्थानीय महिला र पुरुष गरी ५० बढीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गान्धारी मिश्रले गरेका थिए । 

सम्बन्धित समाचार