२०८३ बैशाख ३१ गते , विहीबार

नेपाल मुस्लिम इत्तेहाद झापा अध्यक्षमा जलाल

sajilo news
झापा
२०८० माघ २२ गते , सोमबार
नेपाल मुस्लिम इत्तेहाद झापा अध्यक्षमा जलाल

नेकपा एमालेको भातृ सङ्गठन नेपाल मुस्लिम इत्तेहादको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । झापा गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखाको सभाहलमा सम्पन्न जिल्ला अधिवेशनले जलाल अलिको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । नयाँ समितिले थप तीन जना सदस्य मनोनयन गर्दै १५ सदस्यीय कार्यसमिति गठन गर्ने जनाइएको छ ।

संगठनको उपाध्यक्षद्वयमा मुर्सेद अलि र सावीर अन्सारी, सचिवमा नबिना खातुन, सहसचिवद्वय मोहम्मद इस्लाम र इसाक आलम चयन भएका छन । त्यसैगरी सदस्यहरूमा नेहा खातुन, अख्तर आलम, मनेरुल हक, जाकिर हुसेन, समिना खातुन र समसाद मियाँ सर्वसम्मत रुपमा चयन भएको संगठनको प्रदेश उपाध्यक्ष साजेमान शेखले जानकारी दिए ।

कार्यक्रममा सङ्गठनका केन्द्रीय सचिव अप्रोच खान, सङ्गठनका प्रदेश कमिटी अध्यक्ष आजिम आलम, उपाध्यक्ष साजेमान शेख, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवं क्षेत्र नं.४ का इन्चार्ज चन्द्रकुमार सेर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार