२०८३ बैशाख ३१ गते , विहीबार

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई महिलाको मृत्यु

sajilo news
झापा
२०८० माघ २० गते , शनिबार
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई महिलाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ उपल्लो ढाकावाङस्थित थापाडाँडामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ढाकावाङबाट सन्धिखर्क आउँदै गरेको लु१ज १६७९ नम्बरको सवारी जीप शनिवार बिहान दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठौरका अनुसार भूमिकास्थान–२ मूलटंकीकी देवा वेल्वासे र सन्धिखर्क–८ खापडाडाकी डेमकला आचार्यको मृत्यु भएको हो।

जीप थापा डाँडाबाट करिब १५० मिटर तल खोलामा खसेको थियो घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याएकोप्रहरीले जनाएको छ।

सम्बन्धित समाचार