२०८३ बैशाख ३१ गते , विहीबार
झापा गाउँपालिकामा आगलागी
झापा गाउँपालिका -४ खयरबारीस्थित नारायण गिरीको परालको कुन्यूमा आगलागी भएको छ । आज दिउँसो करिब ३.३० बजेतिर गिरीको करिब २ विगाह खेतको परालमा आगलागी भएको हो।खेतमा रहेको झ्यासझुस डढाउँदा परालमा आगो सल्केको हुन सक्ने अनुमान गरिएको छ।
बिर्तामोड नगरपालिकाको दमकल,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयले २ घण्टामा आगलागी नियन्त्रणमा लिएको टाँघनडुब्बा प्रहरी चौकीका असई ध्रुवराज राजवंशीले जानकारी दिए । उनका अनुसार आगलागीबाट करिब २० हजार बराबरको क्षति भएको छ।