२०८३ बैशाख ३१ गते , विहीबार
जहिलेदेखि मुस्कुराउन सिखे
जहिलेदेखि मुस्कुराउन सिखे , दिलमा दर्द लुकाउन सिखे । मिली - जुली गर्नेहरू सँग , आँखा जुधाएर बोल्न सिखे । अब रहने छैन समस्या , सबै सँग मजाक गर्न सिखे । अति सहनशील थिए , अति सदा वर्जित हुँदै सिखे ।
जब दुःख हुँदा तब सुख - प्रतीक्षारत हुन्छ यो पनि सिखे । दुनियाँभरको दुःख मेरो होइन , मानेर नै हाँस्न सिखे । केही मान्छेले भन्छन् नै , मान्छेको काम हो भन्ने । मान्छेहरूको जबरजस्तीलाई नजरअन्दाज गर्न सिखे । चार दिनको हो जिन्दगानी, हाँसी -हाँसी बिताउनु छ है । सबैका लागि बाँच्नु छ यहाँ , आफ्नो लागि पनि बाँच्न सिखे । -देवेन्द्र किशोर ढुङ्गाना मधुमारा, विराटनगर