२०८३ बैशाख ३१ गते , विहीबार
सप्तकोसीमा हाम फालेका एक जनाको सकुशल उद्धार
सुनसरीको वराहक्षेत्र नगरपालिका- १ स्थित कोशी नदीमा हाम फालेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । बुधवार बिहान पौने ९ बजे ६० वर्षीय एक पुरुष आत्मदाह गर्न नदीमा हाम फालेका थिए । नदीमा हाम फालेको खबर पाउन प्रहरी चौकी वराहक्षेत्रबाट खटिएका प्रहरी टोलीले स्थानीयको सहयोगमा उनको सकुशल उद्धार गरेको हो । उद्धार गरिएका पुरुषलाई प्रहरीले सम्झाइबुझाई आफन्तको जिम्मा लगाएको छ ।