२०८३ बैशाख ३१ गते , विहीबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

sajilo news
एजेन्सी
२०८० माघ १७ गते , बुधबार
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

काठमाडौँ । पाकिस्तानी अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोपनीयता उल्लङ्घनको मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ । साथै पूर्व विदेश मन्त्री शाह महमूद कुरैशीलाई पनि राज्यको गोप्य कुरा चुहावट गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ ।

पूर्वप्रधानमन्त्री इमरान खानले भने यो आरोपको अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि लागेका सबै आरोप राजनीतिबाट निर्देशित भएको बताएका छन् । इमरान खान प्रधानमन्त्री भएका बेला मुलुकको गोप्य कूटनीतिक दस्ताबेज चुहाइएको आरोप छ।

उक्त सूचनाका कारण मुलुकको कूटनीतिक सम्बन्ध ध्वस्त हुन सक्ने भन्दै खानलाई आजीवन कैद वा मृत्युदण्डको सजाय माग गरिएको थियो । इमरान खान र अन्य शीर्ष नेताहरू गोप्य कूटनीतिक कागजातहरू खुलासा गरेकोमा मे ९ को हिंसा र गोपनीयता कानुनको उल्लङ्घनसँग सम्बन्धित मुद्दामा जेलमा छन् । अब उनको जेल जीवन लामो भएको छ।

सम्बन्धित समाचार