२०८३ बैशाख ३१ गते , विहीबार
भद्रपुर गौशालाको अध्यक्षमा सरिया
भद्रपुर गौशालाको अध्यक्षमा हुलासचन्द्र सरिया निर्विरोध चयन भएका छन्.। गौशालाको यी माघ ११ गते सम्पन्न साधारण सभाले चयन गरेका सदस्यहरू मध्येबाट समितिको बैठकले अध्यक्षसहितको पदाधिकारी निर्विरोध चयन गरेको हो ।
गौशालाका प्रमुख संरक्षक जगदीशप्रसाद मिण्डाको प्रमुख आतिथ्य र निवर्तमान अध्यक्ष राजेन्द्र चापागाईँको अध्यक्षतामा बसेको बैठकले अध्यक्षमा सरियासहित उपाध्यक्षमा विनय गोयल, सचिवमा अजय साहेवाला, कोषाध्यक्षमा विनोदकुमार मित्तल र सहसचिवमा रिता दाहाल सुवेदीलाई चयन गरेको हो ।