२०८३ बैशाख ३१ गते , विहीबार

प्रतिदिन दैनिक १६ औं वर्षमा

sajilo news
झापा
२०८० माघ १६ गते , मंगलबार
प्रतिदिन दैनिक १६ औं वर्षमा

नव सञ्चार गृह प्रालिद्वारा बिर्तामोडबाट नियमित रुपमा प्रकाशन हुँदै आएको प्रतिदिन राष्ट्रिय दैनिक आजदेखि १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ ।

पूर्वी नेपालमा प्रदेशस्तरकै ‘क’ वर्गको पत्रिका प्रकाशन गरी आम पाठकहरूलाई सुसूचित गर्ने उद्देश्यले स्थापित यस दैनिक आफ्नो उद्देश्यमा केही हदसम्म सफल पनि भएको छ । यसले झापा जिल्लाका विभिन्न क्षेत्रसँगै मोरङसम्म आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । अर्को महत्त्वपूर्ण कुरा कोरोना प्रभाव र आर्थिक मन्दीका कारण सञ्चार क्षेत्र तहसनहस भएको छ ।

धेरै मिडिया बन्द भएका छन् । जिल्लाकै धेरै पत्रिका बन्द भइरहँदा यस प्रतिदिन दैनिकले असहज परिस्थितिका बाबजुद आफ्नो प्रकाशनलाई निरन्तरता दिँदै आएको छ । प्रतिकुलतालाई अनुकूल बनाउँदै प्रतिदिन दैनिक पत्रिका , प्रतिदिन डेली डटकम अनलाइन र प्रतिदिन टिभी युट्युबमार्फत पाठक र दर्शकहरूलाई पलपलको समाचार र सूचना प्रवाह गर्दै आएको छ । अरूको समाचार कपी गरेर पत्रिका र अनलाइन चलाउने पत्रकारहरूको बढ्दो प्रवृत्तिलाई चिर्दै यस पत्रिकाले स्थानीय क्षेत्रमा खोजी गरी आफ्नै मौलिक समाचार पस्किने गरेकाले धेरैको मन जित्न सफल भएको हो ।

स्थानीय समाचारलाई मुख्य प्राथमिकता दिएकै कारण प्रतिदिन दैनिक र यसको अनलाइन लोकप्रिय रहेको सम्पादक इन्द्रसिंह राजवंशी बताउँछन् । स्थानीय विषयवस्तुलाई प्रतिदिन दैनिकले राष्ट्रिय महत्वको बनाउने गरेको उनले बताए ।

सम्बन्धित समाचार